सुनसरीको सदरमुकाम इनरुवामा पूर्वाराजा ज्ञानेन्द्र शाहको 'नागरिक अभिनन्द'को तयारी भइरहेको छ । आयोजकहरूले गणतन्त्र आएयताकै पहिलोपटक शाहको 'नागरिक अभिनन्दन' हुन लागेको दाबी गरेका छन् ।
शाहको 'नागरिक अभिनन्द' कार्यक्रमको संयोजक पूर्वमन्त्री केशरबहादुर विष्ट छन् । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता-कार्यकर्ताहरूको बाक्लो उपस्थिति छ ।
1680515751.jpg)
उक्त कार्यक्रममा सहभागी हुन आएकाहरूले २०४७ सालको संविधान लिएर आएका छन् । राजतन्त्र पुनर्स्थापित गर्नुपर्ने र २०४७ को संविधान लागू हुनुपर्ने उनीहरूको माग छ ।
आयोजकहरूले 'श्री ५ महाराजाधिराज' लेखेको ब्यानर भने प्रशासनले हटाइदिएको छ । त्यसपछि 'नागरिक अभिनन्दन' कार्यक्रम मात्रै लेखिएको छ । कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह पुगिसकेका छन् ।
1680515750.jpg)
कार्यक्रमस्थलमा शाहले वरिपरि घुमेर सहभागीहरूसँग हात मिलाएका थिए । उनीसँगै पूर्वराजपरिवारका सदस्यहरूको पनि उपस्थिति छ । कार्यक्रममा शाहले सम्बोधन गर्ने कार्यक्रम भने नरहेको आयोजकमध्येका एक जनाले जानकारी दिए ।
1680515750.jpg)
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९ १५:४२