राजा महेन्द्रले रानी रत्नका लागि उपहारस्वरुप २०१३ सालमा पोखराको फेवाताल किनारमा बनाएको रत्न मन्दिर सर्वसाधारणका लागि खुलेको छ । २०६५ सालमा गणतन्त्र स्थापना भएपछि १ सय ७७ रोपनी क्षेत्रफलमा फैलिएको राजाको पोखरास्थित दरबार नेपाल ट्रष्टको कार्यालय मातहत राखिएको थियो ।
गणतन्त्र दिवसकै दिन पारेर सोमबार सर्वसाधारणका लागि दरबार खोलिएको हो । पश्चिमाञ्चल क्षेत्र भ्रमण गर्दा राजा रत्न मन्दिरमा बस्थे । रत्न मन्दिरमा चीनका प्रधानमन्त्री, बेलायती महारानीलगायत विशिष्ट पाहुनाको आगमन र बास भएको इतिहास छ ।
दरबार क्षेत्रमा साना-ठूला १० वटा भवन छन् । मुख्य भवनमा राजा-रानीको सयन कक्ष, पाहुना कक्ष, डाइनिङ हलसहित ११ वटा कोठा रहेको नेपाल ट्रष्टको कार्यालयले जनाएको छ । दरबार परिसरमा फेवाताल हेर्न बनाइएको ताल घर पनि छ ।
रत्न मन्दिर दरबार परिसर डुल्न कुनै रोकतोक हुने छैन । तर, कुनै पनि भवनमा भित्र प्रवेश गर्न पाइने छैन । दरबार परिसर डुल्न नेपालीले एक सय रुपैयाँ र विदेशीले एक हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १०:१२