नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रमा २२ विभाग थप गर्न प्रस्ताव गरेका छन् । मंगलबार सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा थापाले उक्त प्रस्ताव गरेका हुन् ।
यसअघि कांग्रेसमा ४८ विभाग थिए । थापाको प्रस्ताव पारित भए कांग्रेसमा विभागको संख्या ७० पुग्नेछ ।
यद्यपि, हालसम्म कांग्रेसको एउटा विभागले मात्र गठन भएको छ । सूचना सञ्चार विभागबाहेक अरु विभाग गठन भएका छैनन् ।
विधानअनुसार ६ महिनामा विभाग गठन गरिसक्नुपर्छ । तर, सभापति शेरबहादुर देउवाले महाधिवेशन भएको डेढ वर्षसम्म पनि विभाग गठनमा चासो दिएका छैनन् । महामन्त्री थापाले भाद्र १५ भित्र सबै विभागलाई पूर्णता दिन प्रताव गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन २, २०८० १५:१६