नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विकल्प खोज्न सकिने बताएकी छन् ।
पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै खतिवडाले महामन्त्रीद्वयलाई दायरा फराकिलो बनाउन आग्रह गरिन् ।
‘दुई जना नै महामन्त्रीलाई विनम्रतापूर्वक आग्रह छ, कांग्रेस बलियो बनाउन कांग्रेसलाई एक ढिक्का बनाएर सही रोडम्याममा लैजाने उद्देश्यका साथ तपाईंहरू हामी सबैको नेतृत्व लिने गरी अगाडि बढ्नुहोला,’ बैठकमा उनले भनिन्, ‘तपाईंहरूले दायरा फराकिलो बनाउनुभएन भने जसरी तपाईंहरू अरु कसैको विकल्प खोज्छौँ भन्दै हुनुहुन्छ, तपाईंहरूको विकल्प पनि हामीहरूले खोज्ने दिन नआओस् ।’
उनले सबै दोष सभापतिलाई लगाएर उन्मुक्ति नपाइनेसमेत बताइन् ।
प्रकाशित मिति: बुधबार, साउन ३, २०८० १६:१५