त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि बाैद्धिक चोरी, सूचना लुकाएको र भ्रष्टाचारको आरोप लागेका व्यक्ति पनि सर्ट लिस्टमा परेपछि संसदको शिक्षा स्वास्थ्य तथा प्रविधि समितिले कुलपति र सहकुलपतिलाई ध्यानाकर्षण गराएको छ ।
समितिको सोमबार बसेको बैठकले बौद्धिक चोरीको आरोप लागेका तीर्थ खनिया, सूचना लुकाएको आरोप लागेका कार्यवाहक शिवलाल भुसाल र भ्रष्टाचारमा केशरसंज बराल मुछिएको आरोप लागेपछि विशेष ध्यान दिन समितिले भनेको हो ।
"बौद्धिक चोरी, भ्रष्टाचार र सूचना लुकएको हुँदा विशेष ध्यान दिन ध्यानाकर्षण गराएका छौँ', समिती सभापति भानुभक्त जोशीले भने ।
कार्यवाहक उपकुलपति शिवलाल भुसालले जथाभावी सरुवा बढुवा गरेको विषयमा समितिले छानबिन गर्न शिक्षा मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २९, २०८० १४:२०