कांग्रेस महासमिति बैठकमा प्रदेश सभापतिहरूले समूहगत छलफलबाट आएका सुझवाहरू पेस गरिरहँदा नाराबाजी भएको छ । गोदावरीमा जारी बैठकमा बागमती प्रदेश सभापति ईन्द्र बानियाँले महामन्त्री गगन थापाले पेस गरेको प्रस्तावमाथि समूहगत छलफलबाट आएको सुझाव पेस गर्दा नाराबाजी भएको हो ।
बानियाँले भनेका थिए, 'मिटरब्याजी, सहकारीको व्याजदर, किसानको समस्या दूध पाेख्ने विषयमा प्रस्ताव मौन रहे । जनताको समस्या समाधान गरौं । कांग्रेस र जनप्रतिनिधिहरूको बीचमा समन्वय बलियाे बनाउँ । जनसराेकारका विषयमा कांग्रेस बोल्न नसकेकाले दुरी जनतासँग बढेको छ । शिक्षालाई रोजगारीसँग जोड्ने कुरा लेखौं वडादेखि केन्द्रसम्म कार्यसमिति भद्दा भएकाले बैठक बस्न सकेको छैन । यसकारण विधान संसोधन गरेर चुस्त बनाउँ ।'
उनले अगाडि थपेका थिए, 'धर्मकै बारेमा थोरै विचार आएको छ । धार्मिक स्वतन्त्रमा जाुनपर्ने बढी स्वर छ । अहिलेको ठीक छ भन्ने विचार आएको छ । सनातन धर्मको कुरा पनि आएको छ । सबै प्रकारको निर्वाचन महँगो भयो त्यसबारे सोचौं । तीनै तहको सरकारले संविधानले दिएको अधिकार पाउनुपर्छ । नभए संघीयता संकटमा पर्छ कांग्रेसले तीनै तहमा नेतृतव गर्नुपर्छ स्वतः क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था खारेज गरौं ।'
थिए, 'केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने विषय खारेज गरौं । हरेक जिल्लाबाट कम्तीमा एक जना केन्द्रीय सदस्य हुने व्यवस्था गरौं । अहिलेको आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्वाचनमा गठबन्धन नगरौं यसले कांग्रेसको मनोबल उच्च रहन्छ कांग्रेस बलियो हुनछ भन्ने कुरा आयो । कतिपयले गठबन्धन विना निर्वाचन जितिँदैन गठबन्धन चाहिन्छ भन्ने कुरा आयो । कतिपयले यो कार्यसमितिले गठबन्धनको निर्णय अधिकर नभएको र अबको आउने अर्को कार्यसमितिको अधिकार भएको भन्ने विचार आएको छ । हतासमा निर्णय गर्न नहुने साथीहरूको यो गठबन्धनले महासमितिले गठबन्ध्न नगर्ने निर्णय गरिरहँदा उपनिर्वाचन के हुन्छ त्यो बारे सोचौं भन्ने कुरा आयो । बहुपदको कुरा आयो कि त जिम्मेवारी तोकौ कि हटाऔं ।'

उनले अहिले नै गठबन्धन नगर्ने भनी निर्णय गर्नु नपर्ने सुझाव आएको रिपोर्टिङ गरेपछि होहल्ला र नाराबाजी भएको हो । केही महासमिति सदस्यहरू नाराबाजीमा उत्रिएपछि धकेलाधकेलसमेत भयो । यसपछि मञ्चमा प्रहरी पुगेका छन् । हाेहल्ला र नाराबाजीका बीच बैठक भने चलिरहेकाे छ ।

महामन्त्री थापाले आफ्नो प्रस्तावमा गठबन्धन नगर्ने विषय उल्लेख गरेका थिए । तर, धेरैजसो महासमिति सदस्यहरू गठबन्धनबारे पछि निर्णय लिनुपर्ने पक्षमा उभिएका छन् ।
महामन्त्री थापाले 'अहिले उहाँहरूले प्रस्ताव पेस गर्नुभएको हो । यसको छलफल हुन्छ । सबै साथीहरू बस्दिनुस् । हाम्रो प्रस्ताव आउँछ' भनेपछि उनीहरू शान्त भएका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८० १६:१४