सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा बिहीबार सेवा निवृत्त भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशको ६५ वर्षे उमेरहदका कारण उनी सेवाबाट अनिवार्य अवकास भएका हुन ।
न्यायाधीश खतिवडालाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा अन्य न्यायाधीशहरुले बिहीबार बिदाइ गरेका छन् । न्यायाधीश खतिवडा २०३९ चैत ७ गते न्याय सेवामा प्रवेश गरेका थिए । सरकारी वकिल समूहबाट न्यायाधीश बनेका उनी २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।
सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशका रुपमा खतिवडाले २०८० साउन २१ गतेदेखि काम सुरु गरेका थिए । उजले वरिष्ठतम् न्यायाधीशको हैसियतमा न्याय परिषद् सदस्यको जिम्मेवारीसमेत निर्वाह गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८० २१:२१