दलित भएकै कारण सञ्चारकर्मी रुपा सुनारलाई तय भइसकेको कोठा भाडामा नदिएपछि पक्राउ परेकी घरधनी सरस्वती प्रधानलाई थुनामुक्त गर्न शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ आफैँ प्रहरी कार्यालय पुगेका छन् ।
सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै मुद्दा चलाउन नमानेपछि प्रहरीले प्रधानलाई थुनामुक्त गरेको थियो । जातीय छुवाछुतको आरोपमा थुनिएकी घरधनीलाई मन्त्री श्रेष्ठले बा १ झ ८७६३ नम्बरकाे आफ्नै गाडीमा बबरमहलस्थित घर लगेर छाडेका हुन् ।
तनहुँकी सुनारले घर भाडामा लिन तय भइसकेपछि जातको कुरामा प्रधानले आफूलाई कोठा नदिएको उजुरी प्रहरीमा दिएकी थिइन् । अनुसन्धानका लागि तीन दिन थुनामा राखेर अनुसन्धान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
तर, बुधबार सरकारी वकिल कार्यालयको आदेशअनुसार हाजिरी जमानीमा छाडिएकाे हाे ।
प्रकाशित मिति: बुधबार, असार ९, २०७८ १६:५०