मुलुकको सार्वजनिक ऋणको दायित्व २० खर्ब ११ अर्ब पुगेको छ । आर्थिक वर्ष २०७७-७८ को तुलनामा अमेरिकी डलको मूल्य कायम भएको भए यस्तो ऋण १९ खर्ब ८९ अर्बमा सीमित हुने थियो ।
पछिल्लो एक वर्षमा अमेरिककी मुद्राको तुलनामा नेपाली मुद्रामा आएको अबमूल्यनले २० खर्ब ११ अर्ब घाटा देखिएको हो । अमेरिकी मुद्राको तुलनामा नेपाली रुपैयाँको अबमूल्यन भएकाले ठूलो दायित्व थपिएको प्रतिवेदनमा उल्लेख छ ।
अघिल्लो आर्थिक वर्षमा एक डलर किन्न औषत ११९ रुपैयाँ खर्चिनु पर्थ्यो भने आर्थिक वर्ष २०७९-८० मा एक डलर किन्न औषत १२८ रुपैयाँ परेको छ । अमेरिकी मुद्राको तुलनामा संसारभरको मुद्रा अबमूल्यन भने भएको होइन । नेपालले लिएको वैदेशिक ऋणमा १२ प्रतिशत ऋणको हिस्सा रहेको छ । समग्र हिसाब डलर वा नेपाली मुद्रामा गरिएता पनि नेपालले ऋण भने विभिन्न मुद्रामा लिएको हुन्छ ।
कुन करेन्सीमा कति ऋण |
करेन्सी नाम | सम्बन्धित मुद्रा | नेपाली रुपैयाँ | डलर |
चाइनिज करेन्सी | 1,858,723,913.69 | 35,297,167,120.97 | 275,522,341.12 |
डेनिस क्रोनर | 317,712.25 | 5,477,359.19 | 42,755.13 |
युरो | 21,185,328.64 | 2,718,289,517.80 | 21,218,402.29 |
पाउन्ड स्टर्लिङ | 311,327.87 | 47,200,418.37 | 368,436.64 |
जापनिज ऐन | 53,029,203,055.00 | 48,892,925,216.71 | 381,647,999.51 |
कोरियन वन | 61,447,549,050.00 | 5,972,701,767.66 | 46,621,667.06 |
कुवेती दिनार | 3,538,311.64 | 1,470,734,616.28 | 11,480,248.35 |
साउदी रियल | 78,494,529.94 | 2,679,018,306.85 | 20,911,859.39 |
एसडिआर | 114,558,784,946.58 | 59,015,379,907.50 | 460,661,774.32 |
अमेरिकी डलर | 43,683,687.06 | 5,596,317,149.26 | 43,683,687.06 |
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक २०७८-७९ मा यो ऋण करिब तीन खर्ब रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७७-७९ मा नेपालको सार्वजनिक ऋण १७ खर्ब ३७ अर्ब रुपैयाँ थियो ।
ऋण एकैपटक ३ खर्बभन्दा बढी हुँदा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋणको हिस्सा पनि बढेको छ । कुनै समय सार्वजनिक ऋण जीडीपीको ६६ प्रतिशतसम्म पुगेको थियो । गत आर्थिक वर्षमा ४१ प्रतिशतमाथि पुगेको छ ।
आर्थिक वर्ष २०७०-७१ देखि जीडीपीमा ऋणको अनुपात लगातार बढेको देखिएको छ । २०७३-७४ मा जम्मा २२ प्रतिशत रहेकोमा अहिले ४१ प्रतिशत पुगेको छ । वृद्धिदर भने २०७६-७७ देखि घटेको छ । २०७६-७७ मा ३१ प्रतिशतको वृद्धिदर रहेकोमा गत वर्ष १६ प्रतिशत थियो ।
यस्तो छ पछिल्लो ५० वर्षको ट्रेन्ड

एकै आर्थिक वर्षमा एक खर्ब १७ अर्ब तिरियो
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गत आर्थिक वर्षमा मात्रै एक खर्ब १७ अर्ब रुपैयाँ बढी सावा ब्याज भुक्तानी गरेको छ । यो आर्थिक वर्षमा ७२ अर्ब ८० करोडको सावा र ४४ अर्ब ६१ करोडको ब्याज भुक्तानी गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९ १३:०५